बस–ट्रक एक आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु
Published:
by .काठमाडौं । चीन मा बस–ट्रक एक आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । जानकारी अनुसार यो दुर्घटनामा ३६ जना गम्भीर घाइते भएका छन् । स्थानीय मिडियाले बसमा जम्मा ६९ जना सवार भएको जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानले बस पूर्व जियांग्सु प्रान्तको एक्सप्रेसवेमा द्रुत गतिमा गइरहेको कुरा पत्ता लगाएको छ । यसैबीच, उसको टायर पंचर भएको थियो, जसको कारण बस अनियन्त्रित भई अगाडीबाट आउँदै गरेको ट्रकमा ठक्कर खायो ।
चीनमा सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या पनि उच्च छ । रिपोर्टका अनुसार २०१५ मा ५८ हजार मानिस सडक दुर्घटनामा मरे । जानकारी अनुसार ९० प्रतिशत दुर्घटनाहरू केवल ट्राफिक नियमहरूको उल्लंघनका कारण भएका हुन् ।
गत वर्ष नोभेम्बरमा, गान्सु प्रान्तको लान्झो शहरमा एक्सप्रेसवेमा ३१ वटा गाडीको टक्कर र त्यसपश्चात भएको आगलागीमा १५ जनाकको मृत्यु भयो । यस दुर्घटनामा ४४ जना गम्भीर घाइते भए । तर पनि दुर्घटना ट्राफिक नियमको उल्लंघनको कारण भएको थियो । टोल ट्याक्स भुक्तान गर्दा एक अनियन्त्रित ट्रक कारको लेनमा प्रवेश गर्यो ।
गत वर्षको अक्टोबरमा पनि दक्षिण चीनको चोंगकिंग शहरमा एक महिला यात्रु र चालकबीच झगडा भएको थियो । यहाँ बस २५० फिट गहिरो खोल्सामा खसेको थियो । यस दुर्घटनामा १ व्यक्तिको मृत्यु भएको थियो ।
Comments