जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी
Published:
by .सर्लाही । जंगली च्याउ पकाएर खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नंं.१ शंकरगञ्जमा एकै परिवारका सात जना बिरामी परेका छन् ।
मंगलबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएका शंकरगञ्ज गाउँका ६० वर्षका राजन सिंह दनुवार, उनकी श्रीमती वर्ष ३५ की चन्दा सिंह दनुवार, छोराहरु २७ वर्षका राकेश सिंह दनुवार, २५ वर्षका राजेश सिंह दनुवार, छोरी वर्ष १५ की पुनिताकुमारी सिंह दनुवार, भाइ ३७ वर्षका रमेश सिंह दनुवार, उनकी छोरी १० की सोनीकुमारी सिंह दनुवार र छोरा ८ वर्षीय जेयान सिंह दनुवार बिरामी परेका हुन् ।
उनीहरुको अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार गरी थप उपचारको लगि राति नै जनकपुर पठाएको छ । जंगली च्याउ खाएपछि उनीहरुलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने भएको थियो ।
Comments