सरकारी सवारी साधनको व्यापक दुरुपयोग
Published:
by .भद्रपुर । सरकारी सम्पत्ति दुरूपयोग गर्ने प्रवृत्ति रोक्ने निकायको कमजोरीले सार्वजनिक विदाका बेलामा पनि सरकारी गाडी दोहन रोकिएन ।
दशैं विदाका बेला सरकारी गाडी घरायसी प्रयोजनदेखि व्यापारिक कारोवारसम्म दुरूपयोग भए पनि नियामक रमितेमात्र बनिदा सरकारी गाडी दुरूपयोग फष्टाएको हो ।
जनताको करबाट किनिएका साना सवारी साधनदेखि ठूला र महंगा सवारीका साधन व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहे पनि झापा प्रशासनको दृष्टि त्यस्ता साधनमा परेन ।
प्रहरीदेखि स्थानीय सरकारसम्मका सवारी साधन नेपाल तथा सिमावर्ती भारतीय वजारसम्म किनमेल गर्न, व्यक्तिगत प्रयोजनका सामग्री खरिद गर्न, आफन्तलाई घुमाउन तथा व्यापारिक प्रयोजनका सामग्री ओसारपसार गर्न प्रयोग भइरहेका दृष्यले पुष्टि गरेको छ ।
झापा प्रहरीको गाडी चियाको पत्ती ओसार्न प्रयोग हुने गरेको छ । भद्रपुर नगरपालिकाका अधिकांश मोटरसाइकल तथा गाडीहरू चाहिँ कर्मचारी तथा जनप्रतिनिधिका व्यक्तिगत काममा प्रयोग भइरहेको पाइएको छ ।
Comments