करेन्ट लागेर गुल्मीमा एक जनाको ज्यान गयो
Published:
by .गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ६ गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएपछि घिमिरेलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताए ।
Comments