तोडफोड गर्ने सांसदमाथि कारवाही नभए उडान बन्द गर्ने चेतावनी
Published:
by .काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो ।
सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।
Comments