सुरुङ्गामा पत्रकार र साहित्यकार सम्मानित
Published:
by .सुरुङ्गा । झापा कनकाई नगरपालिका क्षेत्रका पत्रकार र साहित्यकार सम्मानित भएका छन् ।
कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकोत्सवको अवसर पारेर शनिवार सुरुङ्गाको एसपी क्याफेमा आयोजित कार्यक्रममा पत्रकार तीर्थराज खरेल र साहित्यकार गोविन्दप्रसाद घिमिरेलाई नगद ८ हजार १ सयसहित सम्मानित गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानितद्वयलाई सम्मान प्रदान गरेका हुन् । पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको समान भूमिका रहेको भन्दै दुवैको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्याक्तित्वद्धय तीर्थराज खरेल र गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी सचिव सन्तोस आचार्य, कनकाई नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामप्रसाद सिटौला लगायातले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पत्रकार राम निरौलाद्वारा सम्पादित कनकाई खबर साप्ताहिक एक बर्ष पुगेको अवसरमा प्रकाशित बार्षिक पत्रिकाको पत्रकार तीर्थ सिग्देलद्वारा समिक्षा समेत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
Comments