Sajhamanch Archive

मोहम्मद अफताव आलम बयान दिन तयार

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । अपराधको पोल खुल्ने डरले स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आज जिल्ला अदालतमा बयान दिने भएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् ।

आज तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनले यसपटक भने बयान दिने बताएको जिल्ला अदालत स्रोतले बतायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *