व्यवसायीद्वारा बिर्तामोड भद्रपुर सडक खण्ड अवरोध
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोड भद्रपुर सडक खण्डमा आवतजावतमा आज व्यवसायीहरुले अवरोध गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको नेतृत्वमा आयोजित विरोध सभामा स्थानीय र व्यवसायीहरुको सहभागिता रहेको छ ।
सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पुयाएकोले व्यवसायी सडकमा उत्रिएका हुन् ।
उनीहरुले सडक आसपासमा रहेका व्यवसायीले धुलोका कारण आम व्यवसायी र सर्वसाधरणमा प्रतिकुल असर पुयाएको बताए ।
उक्त विरोध सभामा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले धुवाँ,धुलो अत्याधिक बढी भएकाले व्यवसाय चौपट भएकाले विरोध सभा गर्न बाध्य हुनु परेको साथै ठेक्केदारको लापरबाहीका कारणले गर्दा जनताले सास्ती खेप्नु परेको बताए । सडक अवरोधपछि व्यस्त हुने भद्रपुर– बिर्तामोड सडक खण्डमा आवतजावत प्रभावित बनेको छ ।
आशिष – प्रेरा जेभीले निर्माण गरिरहेको भद्रपुर सडक खण्डमा ढिलासुस्ती भइरहेको छ । सो कम्पनीले निर्माण अधुरो छोड्दा आम नागरिकको जनजीवन नै प्रभावित बनिरहेको छ ।
२७ करोडमा ठेक्का लिएको कम्पनीले ०७५ असोज महिनादेखि काम थालेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीसँग अब काम सक्न ६८ दिन बाँकी छ । हालसम्मको निर्माण अवस्था हेर्दा समयमै काम सकिने संभावना छैन ।
व्यवसायीहरुले आजै ज्ञापन पत्र समेत बुझाएका छन् । उक्त ज्ञापन पत्रमा यी कुराहरू उल्लेख गरिएको छ ।
Comments