रक्तदान गरेर सेभेनस्टारले मनायो स्थापना दिवस
Published:
by .बिर्तामोड । यहाँ सञ्चालित सेभेनस्टार सेक्युरिटी सर्भिस प्रालिले आफ्नो छैटौं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक बिजय बस्नेतले बताए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । आज सो कार्यक्रममा पत्रकारहरु गणेशमान मुखियाले २०औं पटक, रञ्जित प्रसाईंले १९औं पटक रक्तदान गरेका थिए ।
सेक्युरिटी सर्भिसमा कार्यरत सेक्युरिटी गार्डहरुको उल्लेख्य सहभागितामा सम्पन्न छैटौं स्थापना दिवस अन्तरगत आयोजित रक्तदान कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी प्रमुख अतिथि रहेका थिए । सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक मोहनविक्रम मल्लले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले झापामा भइरहेको रगतको अभाव टार्न सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिले रक्तदान गरेकोमा संस्थाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल अलैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, पूर्व प्रहरी संगठनका १ नं प्रदेश संयोजक बलबहादुर श्रेष्ठ, पूर्व प्रहरी संगठन ताप्लेजुङका अध्यक्ष बलराम भारती, बिर्तामोड वडा नं. ४ क सदस्य कविता थापा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।
प्रालिको काठमाडौं, झापा, पोखरा र बुटवलमा शाखा सञ्चालन रहेको बिर्तामोडका प्रवन्ध निर्देशक बस्नेतले बताए । प्रालिले ७ सय जना सेक्युरिटी गार्ड उत्पादन गरेको बताइएको छ ।
Comments