Sajhamanch Archive

सिस्नुपानी नेपालको करमैत्री यात्रा कार्यक्रम बिर्तामोडमा सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । आन्तरिक राजश्व विभाग काठमाडौंको आयोजना आन्तरिक राजश्व कार्यालय भद्रपुरको संयोजन र झापाका उद्योग बाणिज्य संघहरुको सहकार्यमा करमैत्री यात्रा कार्यक्रम बिर्तामोडमा आइतबार सम्पन्न भएको छ ।

आन्तरिक राजश्व भद्रपुरका प्रमुख बोलराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको ेप्रमुख अतिथि प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो रहेको थिए ।

हाँस्य व्यङ्ग्यको माध्यमबाट भ्रष्टचारको कडा आलोचक, खबरदारी बनेर जनमानसमा लोकप्रिय बनेको संस्था सिस्नुपानी नेपालको प्रस्तुति रहेको कार्यक्रममा सिस्नुपानी नेपालको तर्फबाट मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरे लगायतले प्रस्तुति दिएका थिए ।

अभिनय, गीत, कविताद्वारा कलाकारहरुले कर सम्बन्धी सचेतना र खबरदारी सामग्री प्रस्तुत गरेका थिए । कलाकारले ‘कर तिरौं’ भन्ने शब्दावली परिवर्तन गरी ‘रहर बुझाऔं’ भन्ने शब्दावली प्रयोग गर्न समेत सरकारलाई सुझाए ।

त्यस्तै बिर्तामोडमा एउटा पनि सभा हल नबनेको, बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणमा ढिलाइ भएको, फोहोरको उचित व्यवस्थापन नगरी दुर्गन्ध फैलाएको विषयमा समेत कलाकारले व्यंग्यात्मक प्रस्तुति दिएका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव प्रशान्त भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *