सामुहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ
Published:
by .कपिलवस्तु । कपिलवस्तुमा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् ।
घटना पछि फरार रहेका मायादेवी गाउँपालिका वडा नं. १ का २१ वर्षीय कलामुद्दिन मुसलमान शनिबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटना पछि फरार भएका कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज उनलाई जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताए ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिका वडा नं.१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउंपालिका वडा नं. १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए । बाँकी तीन जना फरार रहेकोमा शनिबार मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।
सामुहिक बलात्कारको भिडियोसमेत बनाएर उनीहरुले सामाजिक सञ्जालमा राखेका थिए ।
उज्यालो
Comments