गाडीको ठक्करबाट एक जनाको ज्यान गयो
Published:
by .काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ ।
संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।ठक्कर दिने सवारी साधानको पहिचान भएको छैन ।
‘बिहान पौने ६ बजेको घटना भएकाले गाडी स्पष्टसँग देखिएको रहेनछ’, महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘सीसी टीभी फुटेजको विश्लेषणबाट पत्ता लगाउने कोशिश गरिरहेका छौं ।’
मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताए ।
अनलाइनखबर
Comments