Sajhamanch Archive

अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन् : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

 पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् ।

यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन सक्ने बताए ।

देउवाले कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका थिए ।कास्कीमै पुगेर प्रचण्डले त्यसको खण्डन गरे । उनले भने, ‘शेरबहादुरजीले ठाडै झुटो बोल्नुभयो । उज्यालो घाम लागेको बेला हत्केलाले सूर्य छोप्ने नाटक गर्नुभयो ।’

प्रधानमन्त्री ओली स्वयंमले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकमा देउवा स्वयंमले सरकारले राम्रो सुरुआत गरेको छ, हाम्रो साथ छ भनेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘साह्रै तल खसेर झुट बोलेको देख्दा चिन्ता लागेको छ ।’

कांग्रेस साह्रै तल खसेको आफूलाई मन नपर्ने भन्दै उनले भने, झुट बोल्न छाड्नुस् । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म पक्रिने कोसिस गर्नुस् । होइन भने यहि बुद्धि हो भने कांग्रेस भन्ने पार्टी थियो भन्ने किम्बद्धन्ती बन्न बेर छैन ।’

देउवाजीलाई धन्यवाद !

प्रचण्डले चुनावमा सरकार र पार्टीले गरेको राम्रा कामसँगै विपक्षीले गरेका नराम्रा कामको पनि प्रभाव रहने बताए ।

कांग्रेसका नेताहरुले भाषण सुन्दा कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भइसकेको आफूले महसुस गरेको उनले सुनाए । प्रचण्डले अघि भने, यस अर्थमा शेरबहादुरजी, जसले यहाँ आएर ठाडै झुट बोल्नुभयो । उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले विद्या भट्टराईको जित सुनिश्चित गरेर जानुभयो ।’

उनले नेकपाका उम्मेदवार विद्या भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीको पत्नी मात्र नभई प्राज्ञिक र नेपाली राजनीतिकको अध्येता भएका समेत बताए ।

अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन्

चुनाव आउन अब तीन दिन मात्र बाँकी रहेका बेला प्रतिक्रियावादीहरुले लुकेर षडयन्त्र गर्न सक्ने भन्दै प्रचण्डले कार्यकर्ताहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।

‘अब यो दुई तीन दिन छ हेर्नोस् । जनताको मत त आजसम्म व्यक्त भइसक्यो । अब राति लुकीछिपी हुने षडयन्त्र, यस्ता हुन्छन् । प्रतिक्रियावादीहरुको चाहिँ लुकीछिपी षडयन्त्रहरुमा विश्वास हुन्छ’ प्रचण्डले चुनावी सम्वोधनमा भने, ‘हामीलाई खुल्ला कुरा गर्नेमा विश्वास हुन्छ । ती सबै षडन्त्रलाई रोक्न तपाईहरु एकजुट हुनोस् ।’

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *