मेडिकल कलेज सञ्चालक र सरकारबीचको सहमति खारेज गर्न माग
Published:
by .काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न माग गरेको छ ।
शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ ब्याचका विद्यार्थीको पनि अतिरिक्त शुल्क फिर्ता गराउनुपर्नेमा सरकारले २०७४/७५ र २०७५/७६ को विद्यार्थीको मात्र शुल्क समायोजन गर्ने भनी भ्रम छर्न खोजेको विद्यार्थी युनियनले बताएको छ ।
अनलाइनखबर
Comments