Sajhamanch Archive

चारआली जेसिजको जेसिज सप्ताह सुरु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

चारआली । चारआली जेसिजले आजबाट जेसिज सप्ताह कार्यक्रम सुरु गरेको छ ।

जेसीजको सप्ताहव्यापी कार्यक्रमको अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं. १० मा पञ्चकन्या धाम सेवा समितिको सहआयोजना तथा श्री नयाँ श्रीनाथ गण चारआली व्यारेकको प्रविधिक सहयोगमा आज सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

चारआली जेसीजका अध्यक्ष उत्तम पकुवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी अर्जुनधारा नगरपालिका वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन रहेका थिए ।

कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथी गोम्देनले सबैले जेसीजबाट धेरै कुराहरु सिक्नु पर्ने बताए । साथै उनले बाटोघाटो बन्दा मात्र देश समृद्धिको बाटोमा जान नसक्ने भएकाले सामाजिक कार्यमा पनि सक्रिय भुमिका खेल्नुपर्ने बताए ।

उक्त तालिमको सहजीकरण चारआली व्यारेकका प्युठ रमेश दंगाल र माधवप्रसाद गौतमले संयक्त रुपमा गरेका थिए ।तालिममा सहभागीहरुलाई सर्पको टोकाइबाट कसरी बच्ने साथै सर्पका प्रकारका बारेमा प्रष्ट पारेका थिए ।

जेसीजको साताव्यापी कार्यक्रम अन्र्तगत आगामी मंसिर १६ गते सरस्वती वाल कल्याण मा. वि. मेचीनगर नगरपालिका वडा नं. १२ सहरेडाँगीमा सानीटरी प्याड हस्तान्तरण तथा प्रजनन स्वास्थ्य तथा उत्पे्ररणसम्बन्धी कार्यक्रम,मंसिर १७ गते अमर प्रा.वि मेचीनगर नगरपालिका वडा नं. १२ डाँडागाउँमा विद्यार्थाेहरुलाई न्यानो कपडा वितरण तथा शैक्षिक सामाग्री वितरण ,मंसिर १८ गते नेपाल भ्रमण वर्ष २०२०लाई प्रर्वद्धन गर्न कालिका सिमसार मेचीनगर नगरपालिका वडा नं. ११/१२ मा वृक्षरोपण कार्यक्रम ,मंसिर १९ गते मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा ट्राफिक सचेतना कार्यक्रम तथा मंसिर २१ गते बद्धशान्ति गाउँपालिका वडा नं.३ गुरास बस्तीमा बृहत स्वास्थ्य शिविर तथा सप्ताह समापन हुने चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमालले आफनो औचित्यबाट जेसीज सप्ताहको बारेमा प्रकाश पारेका थिए ।

जेसीजका सचिव तथा कार्यक्रम संयोजक टिकाराम रिजालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सञ्जय निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *