Sajhamanch Archive

स्वदेश फिर्तीको माग राख्दै भुटानी शरणार्थीले चर्काए आन्दोलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दमक । गत वर्षदेखि सुसुप्त बनेको भुटानी शरणार्थीको स्वदेश फिर्तीको आन्दोलन पुनः शुरु भएको छ।

लामो समयदेखि शरणार्थीलाई रेखदेख गर्दै आएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय निकायका दमक शाखा कार्यालय अघि स्वदेश फर्कन चाहने शरणार्थीलाई स-सम्मान आफ्नो थातथलो प्राप्तिको ग्यारेन्टीसहित घर फिर्ती गराउन उनीहरूले माग गरेका छन्।

दमकको भृकुटी चोकदेखि नारा जुलुससहित प्रतिनिधिमूलक नेतृत्वको र्‍यालीले संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) को शाखा कार्यालय अगाडि सुतेर घर फिर्तीको माग राख्दै नारा लगाएका छन्।

भुटानको राष्ट्रिय झण्डा तथा राष्ट्रिय पोशाकसहित सहभागी भएका शरणार्थीले नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएर पनि आफूहरूको स्वदेश फर्कन पाउने अधिकारको सुनिश्चिता गर्नु पर्ने उनीहरूले माग गरेका छन्।

करिव तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थी मध्ये स्वदेश फर्कन चाहने शरणार्थीले पुनः आन्दोलन शुरु गरेका हुन्। यसै क्रममा मंगलबार उनीहरूले दमकमा स्वदेश फिर्तीको मागसहित नारा जुलुश प्रदर्शन गरेका हुन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *