Sajhamanch Archive

खोपले बालकको ज्यान गएको परिवारको दाबी, स्वास्थ्यकर्मी भन्छन्– होइन

Published: in राष्ट्रिय समाचार, समाज by .

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं.१ घण्टेश्वर खारका एक बालकको मृत्यु खोपका कारण भएको परिवारले दाबी गरेका छन् । तर, खोप लगाएको स्वास्थ्यचौकीले भने त्यसको खण्डन गरेको छ ।

मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको हजुरबुबा टेकबहादुर मल्लले दाबी गरे ।उनका अनुसार स्वस्थ अवस्थामा खोप लगाइएको बालकको राति सुतेकै अवस्थामा निधन भएको थियो ।

स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ । धण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले भने, ‘खोपका कारण भए त खोप लगाएको आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिन्छ, बालकमा त्यस्तो भएको देखिँदैन ।’

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *