Sajhamanch Archive

पौडेल फकाउँदै देउवा, तर प्रयास असफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उपसभापति बिमलेन्द्र निधिसहित सभापति शेरबहादुर देउवा पौडेल निवास पुगे । तर पनि पौडेलले १४औं महाधिवेशनको कार्यतालिका आफ्नो पहिलो शर्त भएको जिकिर गरिरहे । शेरबहादुर देउवालाई अरु कुरा वार्ता समितिसँगै गर्नु भनेर पौडेलले फिर्ता पठाएको समाचार छ ।

आज सभापति देउवा र उपसभापति विमलेन्द्र निधि पौडेल निवास बोहोराटार पुगेका थिए । भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । ‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ ।’

महाधिवेशनको कार्यतालिका बनाउन केन्द्रीय समितिको म्याद थप पनि गर्नुपर्ने देउवाको भनाइ थियो । तर वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको जवाफ दिएका छन् । ‘महाधिवेशनको कार्यतालिकालाई टेबलमा अगाडि राखेर अरु समस्याहरु परस्परिकताका आधारमा सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भनेका छन् ।

उनले अरु विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् । पौडेल समूहले प्रकाशमान सिंह र हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ भने सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।

पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्ने, नेविसंघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो । शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *