Sajhamanch Archive

लिटलस्टार स्कूलमा पाँच सय १२ जना विद्यार्थीहरुको आँखा परिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापाको बुद्धशान्ती स्थित लिटलस्टार स्कुलमा विद्यार्थीहरुको आँखा स्वास्थ परिक्षण गरिएको छ।
मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टनेसनल एन एन जे एसको सहकार्यमा संचालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टि दोस कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको अस्पतालले जनाएको हो।

पाँच सय १२ जनाले आँखा परिक्षण गराएका विद्यार्थी मध्ये १२जना लाई निशुल्क चस्मा बितरण गरिएको संस्थापक गंगा प्रसाद निरौलाले जानकारी दिए।
छ बर्ष देखि १८ बर्ष उमेर समुहका बालबालिकाको आँखा परिक्षण गरिएको र स्वास्थ प्रती सचेत बनाउन पनि यो कार्यक्रम गरिएको प्रधानाध्यापक सरोज घिमिरेले बताए।

बिद्यालयले प्रत्येक बर्ष स्वास्थ सम्बन्धी विभिन्न स्वास्थ शिबिर गर्दै आएको छ,विद्यार्थीहरुको स्वास्थ र अतिरितm क्रियाकलापले गुणस्तरीय शिक्षामा बल पुग्ने भएकाले विद्यालयले यस्ता गतिविधि गरेको शिक्षक अनिल निरौलाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *