Sajhamanch Archive

चूडामणि रेग्मीको ग्रन्थावली भाग १ विमोचित

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

बिर्तामोड । नेपाली भाषा साहित्यका युगीन व्यक्तित्व चूडामणि रेग्मीको ग्रन्थावली भाग १ को घुम्टीखोली कार्यक्रम आज बिर्तामोडमा सम्पन्न गरिएको छ ।

प्रगतिशील लेखक संघ (प्रलेस) झापाको आयोजनामा प्रलेस अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षतामा बिर्तामोडस्थित कञ्चनजंघा माविको संयोजनमा कार्यक्रम गरिएको हो । प्रलेसका केन्द्रीय अध्यक्ष जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा चूडामणि रेग्मी ग्रन्थावलीको घुम्टोखोली गरिएको हो ।

कञ्चनजङ्घा कलेजका प्राचार्य गुरुभक्त न्यौपानेले कार्यक्रममा सहभागीहरुलाई शब्दद्वारा स्वागत गरेको उक्त कार्यक्रममा सम्पादन मण्डलका पुण्यप्रसाद खरेल, चूडामणि वाशिष्ठ, कोमलप्रसाद पोखरेल, प्राडा ठाकुरप्रसाद पोखरेल र हरिनारायण भट्टराईले ग्रन्थावलीको समीक्षा गरेका थिए । सो कार्यक्रममा कवि विन्दु दाहाल, टंक विकल्प, मीना अधिकारी लगायतका कविहरुले कविता वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रलेस झापाका सचिव लीला अधिकारीले गरेका थिए ।

सो कार्यक्रममा भानु प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेती, प्रश्रित प्रतिष्ठानका अध्यक्ष विजय खरेल, प्रलेस केन्द्रीय सल्लाहकार सरोज ओली, मेची क्याम्पसका क्याम्पस प्रमुख कमल गुरागाईं, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारी मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली, पूर्व शिक्षक एवम् सामाजिक व्यक्तित्व हरिचरण बानियाँ, गीतकार तथा संगीतकार शिवशंकर थापा, साहित्यकार खगिन्द्रा खुसी, साहित्यकार ज्ञानेन्द्र ढुङ्गानालगायत दर्जनौ साहित्यिक व्यक्तित्वहरुको सहभागिता रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *