Sajhamanch Archive

गोर्खा सैनिकले मनायो गणतन्त्र दिवस

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । सैनिक संघले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो ।

संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका १० नम्बर वडाका अध्यक्ष तथा पूर्वसैनिक दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभाक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, पत्रकार केशव भट्टराईसहित हिमाल कन्दङ्वा, सुकमाया लिम्बूलगायतले शुभकामना मन्तव्य राखका थिए ।

भारतीय भूतपूर्व गोर्खा सैनिक संघले जनवरी २६ गणतन्त्र दिवस र अगष्ट १५ मा स्वतन्त्रता दिवसको विशेष कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सलबहादुर गुरुङले गरेका थिए । सो अवसरमा अवकाशप्राप्त सैनिकहरुले नाचगान गरेका थिए परिकार उपलब्ध गराउने सैनिक श्रीमतीहरुलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *