Sajhamanch Archive

विभूति विद्या मन्दिरको वार्षिकोत्सव सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको विभूति विद्या मन्दिरको २६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी पुरस्कृत, जेहेन्दार छात्रवृत्ति प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयका सहायक प्रधान अध्यापक रमेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सामाजिक व्यक्तित्व विष्णुप्रसाद शिवाकोटी, खगेश्वर कोइराला, विद्यालय अभिभावक संघका अध्यक्ष सन्तोष पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका एकेडमीक डाइरेक्टर पुरूषोत्तम लम्सालले वार्षिक गतिविधि तथा प्रिन्सिपल गोविन्द लम्सालले शैक्षिक अवस्था वारे जानकारी दिएका थिए । शिक्षक जगदिस काफ्लेले स्वागत गरेको कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट हुने तथा अतिरिक्त कृयाकलापमा प्रथम द्वितीय बन्न सफल विद्यार्थी पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूद्वारा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *