Sajhamanch Archive

जापानी अर्बपतिसँग बिहे गर्न साढे २७ हजारले दिए आवेदन

Published: in राष्ट्रिय समाचार by .

जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन्।

चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत उक्त कुराको घोषणा गरेका हुन्।

एक महिना अघि मात्रै उनले गरेको विज्ञापनमा करिब २८ हजार महिलाले आवेदन दिएका थिए। तर अचानक यस्तो घोषणा गरेका हुन्। यद्यपी उनी एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने छन्। उनको योजना भने परिवर्तन गरेका छैनन्। गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्विटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।

उनले लेखेका छन्। २७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन्। उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *