Sajhamanch Archive

सुनसरी दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो, १३ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इटहरी । पूर्व-पश्चिम राजमार्गअन्तरगत रामधुनी नगरपालिका-२ को सखुवागाछिमा आइतबार बिहानै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

हायस र नाइट बस ठोक्‍किएर भएको दुर्घटनामा हायसका चालक धादिङका २८ वर्षीय दिपक खड्का, झापा घर भएका काठमाडौ बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीय डोलमाया कोइरालाको घटनास्थलमै मृत्यु भएको हो भने भक्तपुरकी १७ वर्षीया गरिमा गौतमको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

पूर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस जुध्दा भएको दुर्घटनामा १३ घाइते भएका छन् ।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। गम्भीर दुईजना घाइतेको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *