Sajhamanch Archive

विर्तामोडमा सुविधा सम्पन्न होटल तामा सञ्चालनमा

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित झापाको विर्तामोडमा सुविधा सम्पन्न होटल तामा(नेपाली भान्सा) सञ्चालनमा आएको छ ।

विर्तामोडका युवा व्यवसायी आशिष वन र खगेन्द्र खड्का (भान्जा)ले एक करोड रुपैयाँको लगानीमा विर्तामोडमा होटल तामा(नेपाली भान्सा) रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा ल्याएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै झापामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि विर्तामोडको अन्धुवा पुल उत्तरमा होटल तामा(नेपाली भान्सा) रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा ल्याइएको सञ्चालक वनले वताए ।

बिर्तामोडमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होटल तामा(नेपाली भान्सा)मा पारिवारीक वातावरणसहित स्वादिष्ट, सफा, स्वच्छ र गुणस्तरिय अग्र्यानिक नेपाली परिकार उपलव्ध गराइने उनले वताए ।

बिर्तामोडमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले परिवार समेत लिएर आउने र उनीहरुले पारिवारीक वातावरण भएको होटल खोज्ने भएकाले उनीहरुलाई सर्वसुलभ दरमा सेवा प्रदान गर्न होटल तामा(नेपाली भान्सा) सञ्चालनमा ल्याइएको उनले बताए ।

तीन तला भएको होटल तामा (नेपाली भान्सा)को पहिलो तलामा पारिवारीक वातावरणसहितको नेपाली भान्सा दोश्रो तलामा रेष्टुरेन्ट र वार तेश्रो तलामा पार्टी तथा सेमिनार गर्नका लागि सुविधासम्पन्न हल समेत रहेको उनले बताए ।

प्रयाप्त पार्किङको सुविधा भएको होटल तामा (नेपाली भान्सा) मा आउने सेवाग्राहीले सर्वसुलभ दरमा सेवा प्राप्त गर्ने उनले बताए ।
यसैवीच होटल तामा (नेपाली भान्सा)को एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । होटलको उद्घाटन ८६ वर्षिया नर्वदा वनले गरेको सञ्चालिका जीना सापकोटा वनले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी वनस्टप मलका सञ्चालक तथा वीरता जेसीज वर्ष २०२० का अध्यक्ष मिजास पोखरेल , सानो संसार ल्याण्ड एण्ड हाउजिङ्का रोहित प्रसाईं , लंका रिर्सोटका सञ्चालक सुरेश आले, माछापुछ्र्रे वैंकका म्यानेजर अभिषेक वराल , अर्जुन प्रसाईं , राकेश पुरी , शेखर प्रसाईं , विनादेवी वन लगायतले बिर्तामोडमा सञ्चालनमा आएको होटल तामा (नेपाली भान्सा) ले आन्तरिक तथा बाह्य पर्यटकहरुको मन जित्न सकोस् भन्दै शुभकामना दिएका थिए ।

आगामी माघ २५ गतेसम्म होटल तामा (नेपाली भान्सा)को उद्घाटन हप्ता राखिएको र उद्घाटनको अवसरमा विशेष छुट प्रदान गरिने सञ्चालक आशिष वनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *