Sajhamanch Archive

नेकपाको एमसीसी अध्ययन कार्यदलले काम थाल्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ ।  सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदललेल काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो ।

नेकपाको केन्द्रीय समिति बैठकले आइतबार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो ।

यो कार्यदललाई १० दिनको म्याद दिइएको छ । कार्यदलले एमसीसी देशको हितमा छ कि छैन भन्ने लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने छ ।

नेकपाभित्र अमेरिकी सहयोग एमसीसीका विषयमा मदभेद देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *