Sajhamanch Archive

नवकिरणको वार्षिकोत्सवमा पत्रकारसहित शिक्षक सम्मानित

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । नवकिरण आधारभूत विद्यालयले आफ्नो ५१ औँ बार्षिकोत्सवको अवसर पारेर एकजना सञ्चारकर्मी सहित दुईजनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सञ्चारकर्मी तीर्थ तिम्सिना सहित विद्यालयको वर्ष उत्कृट शिक्षक निरा खतिवडा र पूर्व शिक्षक हरिप्रसाद रिजाल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र आचार्य, शिक्षक अभिभावक संघ अध्यक्ष डिल्ली श्रेष्ठ तथा विद्यालयका निमित्त प्रधानाध्यापक खेमराज कट्टेल लगायतले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

शैक्षिक, राजनैतिक तथा सामाजिक परिवेशमा छोटो समयमा कलम चलाएर उल्लेखनिय भूमिका खेलेको भन्दै तिम्सिनालाई सम्मान गरिएको थियो । उनी बुद्धशान्तिबाट प्रकाशित हुने पूर्वेली साप्ताहिकका सह–सम्पादक तथा बिर्तामोडबाट प्रकाशित हुने विवेचना दैनिकका बुद्धशान्ति सम्वाददाता रहेका छन् ।

विद्यालयले सोमबार र मंगलबार आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्नुका साथै छात्रबृत्ति कोषहरु सुदिप दंगाल स्मृति छात्रबृत्ति कोष, रमलादेवी गुरुङ अक्षयकोष तथा चन्द्रमणी –तारा ढकाल अक्षयकोषबाट विद्यार्थीहरुलाई विभिन्न बिधामा पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बुद्धशान्ति–३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्य सम्पन्न बार्षिकोत्सव कार्यक्रममा अक्ष्यकोषदाता इश्वरीराज ढकाल, समाजसेवी प्रेम नेम्वाङ, राजनीतिक व्यक्तित्व सीपि कडरिया, शिक्षाप्रेमी नेत्र रिजाल, बिष्णु सापकोटा, हिरा सुवेदी, सम्मानित व्यक्ति हरिप्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै निमित्त प्रधानाध्यापक खेमराज कट्टेलले कार्यक्रमको औचित्य माथी प्रकाश पारेको कार्यक्रममा निवर्तमान प्रधानाध्यापक राजुकुमार खत्रीले स्वागत गरेका थिए भने सञ्चालन शिक्षक बासुदेव खरेल तथा छबिन्द्र तिवारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *