Sajhamanch Archive

मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएपछि…

Published: in राष्ट्रिय समाचार by .

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ तल्लो कटारी बस्ने ३२ वर्षीय चन्द्र अधिकारीले दनुवारले आफ्नै शरीरमा आगो लगाएका छन् ।

मंगलबार राति १० बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाइते भएका छन् ।

घाइते भएका दनुवारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *