Sajhamanch Archive

दलित समुदायका २ सय १० विद्यार्थीलाई न्यानो कपडा

Published: in राष्ट्रिय समाचार, समाज by .

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन युएईले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुबनका दलित समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

विहीबार परिषदले दलितहरुको घना वस्ती रहेको टोलको श्री दलित प्राथमिक विद्यालयमा अध्ययनरत २ सय १० जना दलित बिद्यार्थीहरुलाई कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो।

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यतामा, वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव, एनआरएनका प्रतिनिधिहरु भरत शिवाकोटी, अग्नि मैनाली, प्रेम प्रधान लगायतको उपस्थितिमा विपन्न तथा दलित बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

वैदेशिक रोजगारीको क्रममा युएईको अलेन क्षेत्रमा क्रियासिल रहेको नेपालीहरुको सामाजिक सस्था गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिसद अलेन युएईले १ लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा बितरण गरेको अलेनका अध्यक्ष उज्वल दाहालले जानकारी दिएका छ्न ।

दलित विधार्थीहरुको जाडो छेक्ने सहयोग अभियानबाट कार्यक्रम सफल भएको उनले जनाएका छ्न । कार्यक्रममा प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले दलित बिद्यार्थीहरुलाई न्यानो कपडा बाडने गैर आवासिय नेपाली संघ प्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीका अभिवावकहरुले आफ्ना नानिहरुको शैक्षिक पठनपाठनमा ध्यान पुर्याउन आवश्यक रहेको बताए । उनिहरुलाई नकारात्मक प्रभाव पार्ने क्रियाकलाप नगर्ने तर्फ सचेत रहन उनले आग्रह गरेका थिए ।

कपडा वितरण गर्न गैर आवासिय नेपाली संघको प्रतिनिधि भएर गएका सामाजिक अभियान्ता भरत शिवाकोटीले वैदेशिक रोजगारिको क्रममा युएईको अलेन तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर संकलन गरेको सानो सानो रकम जाडो छेक्ने दरिलो साधन भएको बताउँदै संस्थाको जति नै प्रशङ्सा गरेपनि कम हुने धारणा राख्दै सम्बन्धित देशको कानुनले प्रतिबन्धित गरेको चुनौतीपूर्ण कामलाइ समेत नेपालीको सहयोगी भावनालाई नछेकेको चर्चा गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष रुपलाल यादव लगायतले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *