Sajhamanch Archive

रतुवामाई बृक्षारोपणमा फेला परेको इनारको मन्त्री कार्कीद्वारा अवलोकन

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजना भित्र फेलापरेको पुरानो ईनारको १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले शुक्रवार साँझ अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा मन्त्री कार्कीले समान्यतया हामीले हेर्दा ईनार दुइसय वर्ष पुरानो देखिएकाले यस विषयमा झापा प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिसकेको बताए । उनले पुरातत्वविभाग केन्द्रिय कार्यालयसंग समन्वय गरेर यसको वास्तविकता पत्तालगाउने र यस्ता ऐतिहासिक महत्व बोकेका ठाउँहरुको संरक्षण र प्रवद्र्धन गर्ने जानकारी दिए ।

आयोजना भित्र फेलापरेको ईनार माटाको डवल रिङ्ग प्रयोग गरेर बनाईएको छ । ईनार जमिनबाट करिव १० फुट गहिराईमा रहेको देखिन्छ ।
आयोजना भित्र बाख्रा चराउने क्रममा स्थानिय सोमनाल चापागाईले गतहप्ता ईनार फेला पारेका थिए ।

ईनार कतिवर्ष पुरानो हो भनेर अनुसन्धान गर्न पुरातत्वविभागमा र पर्यटन मन्त्रालयमा पत्र पठाई सकेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बताईन् ।

हालको रतुवामाई वृक्षारोपण आयोजनामा भएको स्थानमा पहिले घना जंगल थियो । २०१९ सालदेखि फाट्टफुट्ट बस्ति बस्न सुरु गरेको भएपनि २०३५मा यहाँ बस्ति खालि गराएर हालको रतुवाई वृक्षारोपण आयोजना स्थापना गरिएकोेले इनार मानव बस्ती भन्दा पहिलेकै हुनुपर्ने स्थानीयको आकलन छ ।

फेला परेको ईनार भन्दा करिव करिव दुई किलोमिटर पूर्व प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र रहेकोले यो ईनार पुरानो हुन सक्ने प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितीका सचिव मधुसुधन अधिकारी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *