Sajhamanch Archive

स्वास्थ्य जीवन शैलीका निम्ति भान्साबाटै सुधार गर्नु पर्नेः मन्त्री घिमिरे

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य जीवन शैलीका निम्ति भान्साबाटै सुधार हुने पर्ने धारणा राखेका छन् ।

स्वास्थ्य जीवन प्रवद्र्धन अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले आहार व्यवस्थापन, शारीरिक व्यायाम र नियमित स्वास्थ्य जाँच गर्न सके स्वास्थ्य रहन सकिने धारणा राखेका हुन् । मन्त्री घिमिरेले कार्यक्रमका लागि कार्यक्रम गर्ने परम्परा अन्त्य हुनु पर्ने भन्दै भद्रपुर नगर सरकार मातहतका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियान्ता लगायत सरोकारवालाको सहभागिता न्युन भएको भन्दै स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सफल पार्न सवैसित आग्रह समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीले स्वास्थ्य जीवन प्रवद्र्धन अभियान कार्यक्रम सफल बनाउने जिम्मेवारी सवैको काँधमा आएको धारणा राखे । प्रदेश नम्बर १ को दास्रो कार्यक्रम भएको भन्दै सरावगीले जनप्रतिनिधिले जिम्मेवार भएर सफल बनाउन लाग्नु पर्ने धारणा राखे ।

मन्त्री घिमिरेले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ तथा प्रदेश संसद ओमप्रकाश सरावगीलाई स्वास्थ्य जीवन कार्ड हस्तान्तरण गरी अभियानको उद्घाटन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *