Sajhamanch Archive

गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने शैलुङ कम्पनीको धम्की

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं  । ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर शैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ ।

शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन् । त्यस कारखानाबाट उत्सर्जन हुने प्रदूषणले स्थानीयवासीलाई ठूलो प्रभाव पारेको छ । त्यहाँबाट जनस्वास्थ्यका लागि हानिकारक मानिने कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड ग्याँस उत्सर्जन हुने गर्छ । काठमाडौं उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनबाट उत्सर्जन उत्सर्जन हुने धुवाँसँगै विभिन्न औद्योगिक प्रतिष्ठानले गर्ने उत्सर्जन पनि उत्तिकै जिम्मेवार मानिन्छ ।

वायु प्रदूषणका कारण उपत्यकामा मात्र झण्डै नौ हजार जनाको मृत्यु हुने विश्व स्वास्थ संगठनले २०१६ मा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ । प्रदूषणका हिसाबले आइतबार साँझ एक सय ७३ अक्वा इन्डेक्ससहित संसारको नवौं प्रदूषित शहरमा काठमाडौं रहेको एयर भिजुअलले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ वातावरण, क्लाइमेट एन्ड क्लिन एयर कोएलिसनको सहकार्यमा स्थापित ब्रेथलाइफ नामक एक अन्तर्राष्ट्रिय अभियानका अनुसार वायु प्रदूषणका कारण नेपालमा वार्षिक ३७ हजार तीन सय ९९ को मृत्यु हुने गर्छ ।

कारखानाका प्रबन्धकसँग गुनासो गर्न जाँदा जिउँदै जलाउने धम्की दिएको आरोप स्थानीयको छ । कारखानाबाट परिचालित गुण्डाको कारबाहीमा पर्ने डरमा धेरैजसो स्थानीय बोल्न समेत डराउँछन् ।

कारखानाबारे सोधखोज गर्दा ललितपुर महानगरपालिका–२७ की वडा सदस्य सपना महर्जन यो विषयमा बोल्न चाहिनन् । स्थानीयलाई डरत्रास देखाई सञ्चालनमा रहेको यो कारखाना गैरकानुनी रहेको नागरिक खोजले देखाएको छ । सैबुका ६४ वर्षीय उत्तम खड्काका अनुसार कारखाना दिनको २४सै घन्टा सञ्चालनमा रहन्छ ।

‘एक वर्षअघि स्थानीयवासी कारखानामा आफ्ना गुनासा राख्न गएका थिए तर उनीहरूलाई जिउँदै जलाउने धम्की दिइयो र त्यसपछि कसैले पनि कारखानाका अधिकारीसँग कुरा गर्ने आँट गरेका छैनन्,’ खड्का भन्छन् । उनका अनुसार स्थानीयलाई तर्साउन कारखानाले खास गुन्डाहरूलाई परिचालन नै गरेको छ । नागरिक दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *