Sajhamanch Archive

तन्नामा बेरिएर बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

भोजपुर । भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको ज्यान गएको छ।

विहीबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *