दश वर्ष भित्रमा विद्यार्थीले झोलामा किताब बोकेर स्कुल जानु पर्ने अवस्था नहरनेः मन्त्री घिमिरे
Published: (Updated: )
by .
शिवसताक्षी । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब समुदायिक विद्यालयहरु अब्बल बन्ने घोषणा गरेका छन् ।
शिवसताक्षी दूधेमा आयोजित शैक्षिक गुणस्तर सुधार तथा स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले हामी सबै सामुदायिक विद्यालयका उत्पादन भएर पनि आफ्नै छोराछोरी निजी विद्यालययमा पढाईरहेका छौ । प्रदेश सरकारले अब सामुदायिक विद्यालयलाई भौतिक, प्राविधिकदेखि शिक्षाका गुणस्तर सुधार गर्नु पर्ने सबै क्षेत्रमा सुधार गरी अब्बल र नमुना विद्यालय बनाउने नीति लिएको मन्त्री घिमिरले बताए ।
दश वर्ष भित्रमा झोलामा किताब बोकेर स्कुल जानु पर्ने अवस्था नहरने बताउँदै मन्त्री घिमिरेले ल्यापटप, मोबाइल जस्ता विद्युतीय उपकरणबाट विद्यार्थीहरुले शिक्षा लिइने समय आएको जानकारी दिए. । निजी विद्यालयहरुले पनि शिक्षा क्षेत्रको आधा भाग ओगटेको हुनाले यसलाई पनि प्रदेश सकारले सम्मान गरेको छ, मन्त्री घिमिरेले भने, समय सापेक्ष निजी विद्यालयहरुको व्यवस्थापनका लागि सरकारले नीति अबलम्ब गर्ने छ ।
शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले शिवसताक्षी धेरै सामुदायिक विद्यालयहरुमा विगतको भन्दा सुधार भएको जानकारी दिए । नगरपालिकाकाले पनि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकमा राखेर काम गरेको उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश नं. १ का शिक्षामा सुधार भएका सामुदायिक विद्यालयहरुको प्रोजेक्टर मार्फत जानकारी गराइएको थियो । प्रदेश सरकारले गुणस्तरीय शिक्षाका लागि आमा समूह गठन, भूपू विद्यार्थी मञ्च गठन, अभिभावकलाई प्रविधि मैत्री बनाउन कम्युटर तालिम जस्ता योजनाहरु लागु भएका नमुना विद्यालयहरुको जानकारी गराईएको थियो ।
सतासीधाम स्वस्थ्य केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रममा उपस्थित सबैको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद झलसिं दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाललगायत निजी तथा समुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उप सचिव तथा शिवसताक्षी नगरपालिकाका नि. कार्यकारी अधिकृत सुरेन्द्र दाहालले गरेका थिए ।
Comments