Sajhamanch Archive

पाँच दिवशीय तालिमको समापन, लक्ष्य राखेर मात्र सहभागी हुन प्रदेश सांसदको सुझाब

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालित बुटिक तथा मेटलका चुरामा स्टोन भर्ने तालिमको शनिबार समापन गरिएको छ ।

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम प्रदेश नं. १ अन्तर्गत शृजनशील गोदावरी महिला विकास समाजको आयोजनामा सञ्चालिन पाँच दिवशीय तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ र ११ को संयुक्त वडा कार्यालयमा भएको समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद झलकसिं दर्लामीले महिलाहरुको क्षमता विकास गरी सवल सक्षम बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा कार्यक्रम गरिएको बताए । उनले महिलाहरुले केही गरौं भन्ने उद्देश्य राखेर मात्र यस्ता तालिममा सहभागी हुनु पर्ने सुझाए । तालिममा सहभागी भएर आफुले पाएको प्रमाण पत्र निस्कृय बनाउने होइन, उनीहरुले समूह बनाएर अरुलाई तालिम दिनु पर्ने वा आफुले उत्पादन गरेका बस्तुहरु विक्री वितरण गरी आय आर्जनको बाटो अंगाल्नु पर्ने उनको भनाई थियो ।

त्यस्तै गरी शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले महिलाहरुलाई लक्षित प्रदेश तथा नगरपालिकाबाट धेरै कार्यक्रम भएर तर त्यसको प्रतिफल सोचे अनुसार नभएको गुनासो गरिन् । तालिम लिने र प्रमाण पत्र हातमा आइसकेपछि हराउने प्रवृतिले महिला लक्षित कार्यक्रम भएर पनि प्रभावकारी नदेखिएको बताइन् ।

पाँच दिवशीय तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको शृजनशील महिला विकास समाजकी अध्यक्ष रेनुका रेग्मीले बताइन् । कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरुलाई तालिमका निर्मित चुराहरु वितरण गरिएको अध्यक्ष रेग्मीले जानकारी दिइन् । हाल शिवसताक्षीको ८,९,१० र ११ नं. वडाहरुमा तालिम सञ्चालन भैरहेको बताइएको छ ।

कार्यक्रममा उपसचिव तथा शिवसताक्षी नगरपालिकाका नि.कार्यकारी अधिकृत सुरेन्द्र दाहाल, वडा नं.९का वडाध्यक्ष छविलाल पाठक, नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई जैविक विवधताकी उपाध्यक्ष नरमाया कार्कीलगायतले मन्तव्य राखेका थिए । समाजकी प्रशिक्षक सुनिता थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्मला प्रधानले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *