मुनामदनको वार्षिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रम
Published: (Updated: )
by .
बुद्धशान्ति । बुद्धशान्ति ४ स्थित मुनामदन एकाडेमीको २२औँ वार्षिक उत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।
विद्यालयका कोअर्डिनेटर दीपक गौतमको सभापतित्व तथा सीतारमेश बहुमुमी क्याम्पस बुधबारेमा क्याम्पस प्रमुख केशव ढुंगेलको प्रमुख आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरिएका थिए ।
विद्यायलका सहप्रिन्सिपल दुर्गा ढुंगेलले शाब्दिक स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगेलले बुद्धशान्ति गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुँदै गएको यस विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन पठाउनु भएका सम्पूर्ण अभिभावकहरुमा धन्यवाद दिँदै विद्यालयले गरेको शैक्षिक तथा अन्य प्रगति देख्दा खुसी प्रकट गरे ।
कार्यक्रममा अन्य अतिथिहरुका रुपमा बुद्धशान्ति ४ का वडाध्यक्ष बुद्धिमान जवेगु, वडा नं. ६ का अध्यक्ष शम्भु पौडेल, बुद्धशान्ति शिक्षा शाखा प्रमुख कमल निरौला, पत्रकार अच्युत सुवेदी, आयुष निरौला, विजय उप्रेती सरोज पौडेल लगायतको उपस्थितीमा भएको कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि साना विद्यार्थीहरुद्वारा मोडलिङ, नृत्य निर्देशक ज्ञानु सुब्बाको निर्देशनमा राउटे जातीको पहिचान झल्काउने नृत्य, राष्ट्रप्रेम झल्कने नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
विद्यालयका विद्यार्थी तथा प्रिन्सिपल चेतन ढुंगेल र शिक्षक अर्जुन अधिकारीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा करिब ९०० बढि विद्यार्थीहरुले सामुहिक तथा एकल प्रस्तुती दिएको कार्यक्रम अन्य विद्यायलको भन्दा उत्कृष्ट भएको उपस्थित भएका अतिथि तथा अभिभावकहरुले बताएका छन् ।
Comments