बाल कल्याण माविमा भूतपूर्व विद्यार्थी समाज गठन
Published: (Updated: )
by .
महाभारा । झापाको गौरीगञ्ज १ महाभारा स्थित बाल कल्याण माध्यमिक विद्यालयमा भूतपूर्व समाज गठन गरेको छ । शनिवार पर्यटकीयस्थल सताक्षीधाममा वनभोज कार्यक्रम गरी पत्रकार विष्णु पौडेलको अध्यक्षतामा १३ सदस्यीय रहने गरी भूतपूर्व विद्यार्थी समाज गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा सुवास मोक्तान, सचिवमा भवानी काफ्ले,सहसचिवमा राजु निरौला र कोषाध्यक्षमा सरस्वती राई चुनिएका छन् । यस्तै सदस्यहरुमा खगेन काफ्ले,शारदा सिटौला ,ध्रुव अधिकारी, राजेन्द्र उप्रेती, सृजन घिमीरे,कमल दाहाल र हरि राजवंशी चुनिएका छन् ।््
त्यसैगरी पूर्व प्रधानाध्यापक भोला प्रसाद खतिवडाको संयोजकत्वमा सात सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको सचिव काफ्लेले बताएका छन् । सल्लाहकार समितिको सदस्यहरुमा विद्यालयका प्रअ भीम कोइराला ,पूर्व प्रअ नारायण कार्की,अशोक निरौला,कल्याण दाहाल, विष्णु कोइराला र नेत्र पौडेल रहेका छन् ।
गाँउपालिका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको वनभोज कार्यक्रममा पूर्व विद्यार्थी तथा प्याव्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला,पूर्व प्रअ, पूर्व शिक्षक, पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त भेला २०४८ सालको एसएलसीका विद्यार्थी अशोक निरौलाको अध्यक्षतामा भएको थियो भने नेत्र पौडेलको संयोजकत्वमा सदस्य राजेन्द्र उप्रेती र सुवास मोक्तान सदस्य रहेको तीन सदस्यीय विधान लेखन उपसमिति समेत गठन गरिएको बताइएको छ ।
Comments