केर्खामा तीन महिने निःशुल्क ढाका बुनाई तालिम सुरु
Published: (Updated: )
by .
कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आइतबारबाट तीन महिने निःशुल्क ढाका बुनाई तालिम सुरु भएको छ ।
उद्यमशील जागरण महिला केन्द्रको आयोजना तथा प्रदेश सांसद ईन्दिरा राईको संसाद विकास कोषको आर्थिक सहयोग र कमल गाउँपालिकाको व्यवस्थापनमा सुरु भएको तालिम सुरु भएको हो । तालिमको उद्घाटन कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले गरेकी थिइन् ।
तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिम लिएको उपलब्धी हुने छ । तालिम पछि व्यवसायिक रुपमा उद्योग सञ्चालन गर्नका लागी गाउँपालिकाले सहयोग गर्ने समेत अध्यक्ष काफ्लेले बताईन् ।
कार्यक्रममा कमल गाउँपलिकाका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, आदिवासी जनजाती महासंघ कमल गाउँसमिति अध्यक्ष छत्रहाङ्ग फागो लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । तालिममा कमल गाउँपलिकाका १६ जना महिला सहभागी हुने छन् ।
केन्द्रकी अध्यक्ष शान्ता दहाल अध्यक्षमा भएको कार्यक्रमम उपाध्यक्ष गौरी राईले स्वागत मन्तव्य राखेकी थिईन ।
Comments