Sajhamanch Archive

अन्तिममा किन रोकियो मन्त्रीको शपथ ?

Published: in राष्ट्रिय समाचार, समाज by .

२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला ।

मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि फुँयाल दौरा–सुरुवालमा आइरन लगाएर मुख्यमन्त्री शपथका लागि तम्तयार बसे ।

अधिकांश अनलाइन सञ्चारमाध्यमले पनि केशव स्थापितको बर्खास्तीपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुयाँललाई नियुक्त गरिएको समाचार प्रकाशित गरे ।

मन्त्री हुने चर्को हल्लीखल्ली भए पनि फुयाँलको शपथ उक्त दिन भएन । अर्को कल नआएपछि फुयाँल दौरासुरुवाल फुकालेर बसे ।

आखिर फुयाँलको हुनै लागेको शपथ किन रोकियो रु के आवश्यक परामर्थबिनै मुख्यमन्त्री पोडेल अघि बढ्दा यस्तो अवस्था आएको हो रु बागमती प्रदेशका नेकपा नेता तथा कार्यकर्ता अहिले प्रश्न गरिरहेका छन् ।

साँघु साप्ताहिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *