Sajhamanch Archive

रहस्यमय एउटा भेटघाट

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी मुख्यमन्त्री आदित्य नाथसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले अनेक प्रश्न सिर्जना गरेको छ ।

नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनमा हिन्दू राष्ट्रको कार्यसूचीसहितका मुद्दाहरु लिएर सभापति पदमा दाबी गर्ने रणनीति बनाएका महामन्त्री शशांकसहितको यस भ्रमणलाई लिएर नेपाली कांग्रेसमा मात्र होइन, राष्ट्रिय राजनीतिमा नै महत्व र आशंकाको रुपमा चर्चा गर्न थालिएको छ ।

बेला न कुबेलाको यस भ्रमणले कतै नेपाली राजनीतिलाई कोर्स करेक्सनको पूर्वाभ्यासका रुपमा लिइएकोत होइन त , प्रश्न उब्जेको छ ।
साँघु साप्ताहिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *