प्रजातन्त्र दिवसमा विपिको शालिक अनावरण
Published:
by .
सुरुङ्गा । ७० औं प्रजातन्त्र दिवसको अवशर पारेर कनकाई नगरपालिका ५ स्थित विपि वन वाटिकामा प्रजातन्त्रका सेनानी विपि कोइरालको पूर्णकदको शालिक अनावरण गरिएको छ ।
कनकाई नगरपाकिलाको १३ लाख १३ हजार रुपैँयाको लागतमा निर्माण गरिएको सो शालिकको प्रजातन्त्रका सेनानी तथा पूर्व राष्ट्रिय सभाका सदस्य डिल्लीप्रसाद सिटौला र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रजाततन्त्र दिवशका दिन पारेर अनावरण गरे ।
वि.सं. २०४८ सालदेखि खाली रहेको जमिनमा स्थानीय कांग्रेसका नेता कार्यकर्ताले वृक्षारोपण गरि संरक्षण गरेको ४ बिगाह ८ कठ्ठा जमिनको सो वन क्षेत्रलाई नगरपालिकाले घेरावारा गरी विपि वन वाटिका निर्माण गरिदिएको हो । सोही अवसरमा विविध जातजातिको साँस्कृतिक झल्किने कार्यक्रम प्रस्तुत गरे । नगरबासीले आ–आफ्ना जातिय परम्परा अनुसारको खानाका परिकारहरुको समेत प्रदर्शन गरिएको थियो ।
५ फुट ६ इन्च अग्लो विपि कोइरालाको पूर्णकदको सालिक स्थानीय कलाकार हिम्मत नेम्बाङ्गले ३ महिना लगाएर निर्माण गरेका हुन् । सालिक सहितको सो वन क्षेत्रलाई विपि वन वाटिकाको उपनाम दिइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाको पूर्व सदस्य सिटौलाले स्थानीय बाम सरकारले विपिको पूर्वकदको सालिक र विपि वन वाटिका बनाइदिएर विपिको मेलमिलापको नीतिलार्ई यो समयमा आएर पनि आत्मसाथ गरेको बताए । सिटौलाले विपिले तय गरेको समाजवादको नारालाई बर्तमान सरकारले समेत आत्मसाथ गरेर विपिको सपना पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बहुआयामिक प्रतिभाका धनी तथा प्रजातन्त्र प्राप्तिका लडाईका प्रमुख नेता विपि कुनै पार्टी र जाति विशेषका मात्रै नेता नभएर सम्पूर्ण नेपालीका साझा नेता भएकोले विपिको कार्यको उच्च मुल्याङ्गन गर्दै नगरपालिकाले विपि वन वाटिकामा विपिको सालिक निर्माण गरिएको र हरेक प्रजातन्त्र दिवशका दिन विपिको सम्मान गरिने बताए ।
कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर राई, नेपाली कांग्रेसका कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया , कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल आदिवाशी जनजाति कनकाईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, सम्मानित व्याक्तित्व संगिता थापा लगायतले विवि साहित्यिक र राजनैतिक क्षेत्रका महामानव बताए । सोही अवसरमा प्रजातन्त्रका सेनानी , विपि वन वाटिकाका संस्थापकहरु गणेशबहादुर लिम्बु, जनक शिवाकोटी, प्रजातन्त्रका सेनानी खगेन्द्रप्रसाद चापागाँई, विपि वनको द्वन्द्व मध्यतताहरु कुमार पौड्याल र संगिता थापा तथा विपिका सालिक निर्माणकर्ता कलाकार हिम्मत नेम्बाङ्गलाई समेत सम्मान गरिएको थियो ।
Comments