Sajhamanch Archive

इस्ट पोइन्टको वार्षिकोत्सवमा नगरपालिकालाई पुल हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । भद्रपुर ४ झापा चौक स्थित इस्ट पोइन्ट अंग्रेजी माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर १५ लाख लगानीमा तयार पारिएको पुल नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

विद्यालय अभिभावक संघका अध्यक्ष मेहरमान विष्टको सभापतित्व तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालय पूर्वपट्टि रहेको झिलमिलिया खोलामा विद्यालय सञ्चालकहरूले निर्माण गरेको पुल नगर सरकारलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय परिवारले भद्रपुर ४ को ताारानगर र लक्ष्मी नगर जोड्ने करिव १५ लाखको लागतमा ४० फिट लामो र ८ फिट चौडा भएको पक्की पुलका नगर प्रमुख, स्थानीय आदिवासी अग्रज र बालबालिकालाई सम्युक्त रूपमा वारपार गर्न लगाई उद्घाटन गरेर नगरपालिकालाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जीवन कुमार श्रेष्ठ , उप प्रमुख चन्द्रमाया श्रेष्ठ , वडा नं ४ का वडाध्यक्ष हंसधर राजवंशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विविध सास्कृतिक झलक सहित नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको कार्यक्रममा स्वागत पुष्पा राजवंशीले तथा संचालन विद्यायार्थी किसाङगी गौतम, मन्जीला वोहोराले लगायतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *