Sajhamanch Archive

सांसद साँवा र दर्लामीद्वारा खानेपानी ओभरहेड टयांकीको शिल्यान्यास

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा सतासीधाम खानेपानीको ओभरहेड ट्यांकीको बुधबार शिल्यान्यास गरिएको छ । ओभरहेड ट्यांकीको प्रतिनिधिसभा सांसद एलपी साँवा र प्रदेश सांसद झलकसिं दर्लामीले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् ।

प्रदेश नं १ सरकारको दातृ संस्था खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड ४७ लाख, ४३४ रुपैया (भ्याटसहित) को लागतमा ४५० घनमिटरको ओभरहेड ट्यांकी निर्माण हुन लागको हो ।

खानेपानी ट्यांकी जि.आर. डि. कन्स्ट्रकसन शंखु ललितपुरले २०७६ फागुन २ गते १८ महिना भित्रमा काम सक्नु पर्ने गरी निर्माण सम्झौता भएको आयोजना बोर्डमा उल्लेख छ ।

शिल्यान्यासका क्रममा बोल्दै सांसद साँवाले खानेपानी शुद्ध र तोकिएको समयमा काम सक्नु पर्ने निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सरकारको नीति तोकिएको समयमा काम नसक्ने निर्माण कम्पनीहरुलाई कालो सूचिमा राख्ने काम भईरहेको हुनाले निर्माण कम्पनी कालो सूचिमा नपर्ने गरी  काम गर्नु पर्ने बताए ।

शिवसताक्षीका वडा नं.९ र १० र ११ का केही घर धुरीलाई खानेपानी विस्तार गरिने सतासीधाम खानेपानी तथा सरसफाई आयोजनाका कर्मचारी राजेन्द्र खड्काले जानकारी दिए । सो खानेपानीबाट ३ हजार घरधुरी लाभान्वित हुने बताइएको छ ।
शिन्यान्स कार्यक्रमा मा सांसद साँवा, दर्लामीसहित पूर्वसांसद तारासम योङया, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नं ४ का नेता रोशन थोप्रा, नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, दुर्गा नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *