Sajhamanch Archive

हातले टेकेर साथीहरुलाई स्टन्ट देखाउँदै गर्दा खाल्डोमा खसेर युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । युवा उसै पनि जोशिला हुन्छन् । अझ साथीभाइको जमघट थपियो भने जोश र हौसला दुबै बढ्छ ।

तर, यस्ता अनियन्त्रि जोशले कहिलेकाँही समस्यामा मात्र पार्दैन ज्यानै समेत जान्छ । चलचित्रका पर्दामा देखाइने कतिपय खतरनाक खेलहरुको नक्कल गर्न खोज्दा ज्यानै जानेसम्मका घटना हुने गरेका छन् ।

२० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो ।

ब्रेडली स्टिटर केही दिनअघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी इलाकामा साथीहरुसँग घुम्न गएका थिए । साथीहरुलाई स्टन्ट देखाउने चक्करमा उनले आफ्नो ज्यानै समाप्त गरे ।

ब्रेडली लाइमस्टोन कोस्टको रेलिङमा दुई हात टेकेर खुट्टा माथि पारेर उभिएका थिए । त्यति नै बेला उनको शरीरको नियन्त्रण गुम्यो र सय फिट गहिरो खाल्डोमा खस्न पुगे ।

घटनास्थलमा रहेका इन्स्पेक्टर क्याम्पबेल हिलले एबीसी न्यूजसँगको कुराकानीमा ती युवकको खाल्डोमा खसेका कारण मृत्यु भएको पुष्टि गरे । उनको शवलाई आइतबार राति निकालिएको पनि जानकारी दिए ।

दक्षिण अष्ट्रेलियाको लाइमस्टोन कोस्ट पर्यटकबीच निकै चर्चित क्षेत्र हो । ब्रेडलीको मृत्यु एउटा दुर्घटना मात्रै हो । अहिलेसम्म भएको अनुसन्धानमा कुनै प्रकारको षड्यन्त्र नदेखिएको पनि प्रहरीले जनाएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *