नेपाल विद्यार्थी संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो
Published:
by .भद्रपुर । नेपाल विद्यार्थी संघ झापाले कचनकवल २ की बालिका विष्णुमाया कार्कीको मृत्यु रहस्यमय हत्या हुन सक्ने भन्दै हत्यारा खोजी गरी कारवाही गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका जिल्ला सभापति राजेन्द्र उप्रेतीको नेतृथ्वमा गएको टोलीले हत्यारा उम्कन सक्ने भन्दै तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गदैै प्रजिअ उदयबहादुर रानालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझेपछि प्रजिअ रानाले हत्या भए नभएको प्रहरीले अन्ुसनधान गरिरहेको जानकारी दिँदै हत्या प्रमाणित भए हत्यारा उम्कन नसक्ने गरी कारवाही गर्ने वचन दिएका छन् ।
स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुण्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला परेको थिए । बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हुन सक्ने नेविसंघको ठहर छ । तीन दिनअघि घरबाट हिँडेकी बालिका चिया बगानको नाला नजिकै झुण्डिएको पाइनु नै रहस्यमय भएको संघका सचिव नारायण नेपालले जानकारी दिए । कचनकवलका स्थानीय बासिन्दा समेत रहेका सचिव नेपालले हत्यारा जोगाउने खेल हुन सक्ने भन्दै हत्याराको तीव्र खोजी गरेर कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिलाउन माग समेत राखेका छन् ।
Comments