Sajhamanch Archive

चीनबाट युक्रेन लगिएका नागरिकमाथि प्रदर्शनकारीको आक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघेको छ। बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या २२ सय ३३ पुगेको हुबेइ प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। संक्रमितको संख्या ७५ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्।

हुवेइ प्रान्तमा हिजो मात्रै ४ सय ११ जना नयाँ संक्रमित थपिएको समाचारमा उल्लेख छ। यसैबीच, चीनबाट फिर्ता लगिएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्। ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलन सक्ने भन्दै आक्रमण गरेका हुन्। आक्रमण भएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय नागरिकलाई मानवीय संवेदना ख्याल गर्न आग्रह गर्दै सबै मानव भएको सम्झन अपिल गरेका छन्।

कोरोनाभाइरससँग जुधिरहेको चीनको वुहान शहरबाट ४५ युक्रेनीसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ लगिएको थियो। ६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ढुंगामुढा गरी आक्रमण गरेका थिए। युक्रेन सरकारले संक्रमितलाई नल्याइएको र सामान्य ज्वरो आएकालाई चीनमै छोडिएको भन्दै तनाव मत्थर पार्ने प्रयास गरेको बीबीसीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *