विर्तामोडमा क्षमता अभिवृद्धि र उद्घोषण सम्वन्धि प्रशिक्षण सम्पन्न
Published:
by .
विर्तामोड । झापाको विर्तामोडमा संचालित क्षमता अभिवृद्धि र उद्घोषण सम्वन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
नगरपालिका अन्तर्गत वडामा गठित टोल विकास सस्थाका प्रतिनिधिहरुलाई प्रदान गरिएको तालिम समापनमा वोल्दै नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले नेतृत्व विकाशका लागि आचरण सुधारमा जोड दिनु पर्ने धारणा राखे ।
विकासका योजना तर्जुमाका लागि टोल विकास सस्थाको अहम भूमिका रहने वताउँदै उनले तालिममा सिकेका कुरालाई व्यबाहारमा उतार्न पनि आग्रह गरे । सहभागी प्रशिक्षार्थीहरुलाई उनले प्रमाण पत्र वितरण गरिएको थियो ।
कादम्बिनी प्रोग्राम प्रोडक्सन प्रा.लि.को प्राविधिक सहयोग रहेको प्रशिक्षण समापन सत्रमा प्रशिक्षार्थीहरु टिका भट्टराई राय, ओम नाथ उप्रेती, वडा मेलमिलाप केन्द्रका संयोजक प्रेम कुमार खरेल ,वार्ड सचिव टिका अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा वार्ड न एक का ३५ वटा टोल विकास सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको विर्तामोड नगरका प्रवक्ता अग्नि प्रसाद पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेकै अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको सहजीकरण संचारकर्मी केशव भट्टराई गरेका थिए ।
Comments