गरिव दुःखीको साहारा बन्दैछन् बस्नेत
Published:
by .
बिर्तामोड । भूपाल बस्नेत एउटा यस्तो सामाजिक व्यक्तिको नाम हो, जो अरुको दुःखमा देवताको रुप धारणा गरेर आफूले गर्न सक्ने सहयोग गर्न कहिले पछी हट्दैन्न ।
सामाजिक कार्य गर्न भनेपछि हुरुक्कै बस्नेतले सोही क्रममा झापाको हल्दिबारी गाउँपालिका वडा नंं. ५ मा बस्नेत लीलाप्रसाद कोइरालाको घाउमा मलमपट्टीको काम गरेका छन् ।
आफ्ना बुबाआमाको उपचारका क्रममा खर्चको अभावले गर्दा मृत्यु भएपछी बस्नेतले आफ्ना मातापिताको जस्तै अरु कसैको पनि रकमको अभावले मृत्यु नहोस् भन्ने उद्देश्यले वि.सं.२०७४ सालमा मातापिताको नाममा गंगामाया तथा नरबहादुर बस्नेत पिडीत क्यान्सर सहयोग संस्था स्थापना गरे ।
विभिन्न किसिमका दुःखमा सहयोग गर्दै आएका बस्नेतले अहिलेसम्म आफ्नो संस्थाको माध्यमबाट २०० भन्दा बढीलाई सहयोग गरि सकेका छन् ।
कक्षा ७ मा पढ्दै गर्दा पिताको देहावसान भएपछि ठूलो बज्ररपात परेका बस्नेतले,जसोतसो आमाको सहारा लिदै अर्काको घरमा बसेर भए पनि पढाईलाई निरन्तर दिए र डिग्रीसम्मको अध्ययन गरे ।सानो उमेर देखि नै समाजसेवा र राजनीति भनेपछि ज्यान दिन तयार हुने बस्नेत जागीरमा भन्दा पनि सामाजिक कार्यमा अग्रसर हुन्छन् ।
गत कार्तिक ५ गते घर आगलागी भएर लत्ताकपडा र सबै घरायसी सामाग्री जलेर विचल्ली परेका कोइराला परिवारलाई आफ्नो संस्थाको ब्यानरमा आफ्नै नेतृत्वमा देउसी खेलेर उठेको रकमले घर निर्माण गर्न सहयोग गरेका हुन् ।
घरमा कोहि नभएको बेला एक्कासि आगलागी भएकोले आगो चाँडै नियन्त्रणमा लिने नसकेकाले घर जलेर नष्ट भएको कोइरालाले बताए ।
देउसी खेलेको पैसाले मात्र निर्माण पूरा नभएपछि उनको काममा नेपाली कांग्रेस झापा क्षेत्र नं। ३ प्रदेश ९ख० का सभापति नवीन विमलीले साथ दिएका छन् । आफ्ना छोराको जन्मदिनको अवसरमा आज कोइरालाकै घरमा पुगेर विमलीले घर छाउने जस्तापाता प्रदान गरेका छन् ।
राजनीतिको मार्फतबाट जनताको सुखदुःखमा साथ दिनका लागि सामाजिक कार्यमा अघि बढेका कार्यकर्ताको लागि एउटा अवसर भएको सुन्दै आगलागी पीडित कोइरालालाई जस्तापाता प्रदान गरेको सभापति विमलीले बताए ।
स्थानीय सरकारले १५ हजार र जिल्ला प्रशासन कार्यालय झापाले १० हजार कोइराला परिवारलाई आर्थिक सहयोग गरेको र अन्य सहयोगका लागि गंगामाया तथा नरबहादुर बस्नेत पिडीत क्यान्सर सहयोग संस्थाको सहारा लिएको कोइरालाका छिमेकी भानुभक्त प्रसाईंले बताए ।
Comments