बुद्धशान्तिमा प्रेस क्लब गठन
Published: (Updated: )
by .
बुद्धशान्ति । झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् ।
उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं सर्वसम्मत चयन भएका छन् ।
बुद्धशान्तिमा क्रियाशिल पत्रकारको बुधबारेमा भएको भेलाले सल्लाहकारमा पत्रकार उमाकान्त खनाल, टंक काफ्ले बिकल्प र गंगाराम गड्तौलालाई चयन गरिएको छ ।
Comments