पुष्पलाल मित्रता केन्द्र संगठन विस्तारमा
Published:
by .
धनुषा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम् राजनीतिक नीतिहरुको प्रचारप्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तीब्रता दिएको छ ।
प्रदेश नम्बर २ का इन्चार्ज तथा मित्रता केन्द्रका केन्द्रीय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा फागुन १० गते प्रदेश नम्बर २ को ढल्केबरमा प्रादेशिक भेला सम्पन्न गरी राजकुमार यादवको संयोजकत्वमा ३७ सदस्यीय प्रदेश कमिटी निर्माण भएको हो । मित्रता केन्द्रका महासचिव रविन कोइरालाले दिएको जानकारी अनुसार केन्द्रको संगठन विस्तार अभियान अन्तरगत यो पाँचौ प्रदेश कमिटी निर्माण भएको हो ।
महासचिव कोइरालाले सातै प्रदेशमा कमिटीहरु निर्माण गरिसकेर सबै जिल्ला र स्थानीय तहसम्म कमिटीहरु बिस्तार पछि चैत्र १७ गते काठमाडौंंमा केन्द्रीयस्तरको कार्यकर्ता भेला आयोजना गरिने जानकारी दिएका छन् । मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा आयोजित भेलामा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका ६० जना प्रतिनिधिको सहभागिता रहेको थियो । भेलामा सहभागीहरुले आ–आफ्नो जिल्लाको रिपोर्टिङ गरेका महासचिव कोइरालाले जनाए ।
Comments